म्यानमारमा हवाई हमलापछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन « Khabarhub

म्यानमारमा हवाई हमलापछि हजारौं मानिसहरू थाईल्याण्डतर्फ पलायन


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन(एपी)- म्यानमार सेनाको हवाई हमलाबाट जोगिन हजारौँ सर्वसाधारण भागेर थाइल्याण्डतर्फ लागेका छन् ।

करेन समुदायको मुक्तिको लागि म्यानमारमा बर्षौंदेखि सङ्घर्षरत जातीय समूहमाथि म्यानमारको सेनाले निशाना बनाएपछि उनीहरू भागेर थाइल्याण्डको सीमातर्फ पलायन भएका हुन् ।

करेन जातीय समूहमा लागेका मानिसहरू आफ्नो देशमा पुगेपछि समस्या आउने अनुमान गर्दै ती बर्मेली गाउँलेहरूलाई सीमा क्षेत्रमा रोकेको थाइ प्रशासनले जनाएको छ ।

म्यान्मारको सेनाले आइतबार रातिमा तीन वटा हवाई आक्रमण गरेपछि गाउँलेहरूलाई घर छोडी जीवन रक्षाका लागि थाइल्याण्ड सीमा क्षेत्रमा पुगेका म्यानमारमा स्वास्थ्य तथा अन्य सहयोग पुर्‍याउने मानवीय सहयोग निकाय ‘फ्रि बर्मा रेंजर्स’ले बताएको छ । उक्त संस्थाका अनुसार आक्रमणबाट कसैको हताहत भएको खबर भने आएको छैन ।

म्यानमारमा निर्वाचित सरकारमाथि धाँधली गरी निर्वाचन आफ्नो पकडमा पारेको आरोप लगाउँदै सेनाले सत्ता सम्हालेपछि देशभर प्रदर्शन भइरहेका छन् ।

यसै शिलशिलामा गत शनिबार भएका प्रदर्शनहरूमा सैनिक सरकारद्वारा निर्मम रूपमा बल प्रयोग गरेको र दर्जनौँ व्यक्तिको मृत्यु भएको थियो ।

सेनाको चेतावनीबीच प्रदर्शनकारीहरू शहर र नगरहरूमा बाहिर निस्केपछि बालबालिकासहित सर्वसाधारणमाथि घातक प्रहार गरिएको सरकारी अधिकारीहरूले दावी गरेका छन् ।

म्यानमारमा गत फेब्रुअरी १ मा सैन्य ‘कू’ भए यता प्रदर्शनकारीलाई दमन गर्ने क्रममा ४०० जना भन्दा बढीको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : ४५ बजे

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

काठमाडौं–  राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज केन्द्रीय

भारतको साढे सात करोड सहयोगमा दार्चुलामा विद्यालय भवन निर्माण सुरू

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न गगनको माग, संयम अपनाउन अपिल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्