नेकपा नामसम्बन्धी माओवादी केन्द्रले गरायो पुनरावलोकन निवेदन दर्ता [निवेदनसहित] « Khabarhub

नेकपा नामसम्बन्धी माओवादी केन्द्रले गरायो पुनरावलोकन निवेदन दर्ता [निवेदनसहित]


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।

नेकपा नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले पुनरावलोकन निवेदन दिएको हो ।

माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्चमा पुगेर पुनरावलोकन निवेदन दर्ता गराएका हुन् ।

अब निस्सा दिने वा नदिनेबारे पेशी तोकिने छ । उक्त पेशी तीन जना न्यायाधीशको इजलासमा तोकिने छ । यसअघि दुईजना न्यायाधीशको इजलासले फैसला सुनाएकाले सोभन्दा ठूलो इजलाशले सुनुवाइ गर्नुपर्ने छ ।

दाहालसँगै वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक देव गुरुङसमेत सर्वोच्च पुगेका थिए ।

निवेदन दर्तापछि उनले विगतमा पनि कतिपय फैसला पुनरावलोकनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको बताए । ‘हामीलाई विश्वास छ, देशको राजनीतिक स्थायित्वका निम्ति, शान्ति र समृद्धिको नयाँ अभियानमा नेपाल जाँदैछ । यस्तो बेलामा एकताबद्ध भइसकेका दललाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले गरेकाले त्यसलाई सच्याउने छ भन्ने हामीलाई विश्वास छ’, प्रचण्डले भने।

नाम सम्बन्धमा रिट निवेदकको निवेदनभन्दा बाहिर गएर गरेको निर्णय सर्वोच्च अदालतले पुनरावलोकन गर्ने विश्वास प्रचण्डको थियो ।

यस्तो छ माओवादी केन्द्रले दर्ता गराएको पुनरावलोकन निवेदन

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : १४ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका