सडकमा निर्घात कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल « Khabarhub

सडकमा निर्घात कुट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल

कुटपिटमा संलग्न प्रहरी नियन्त्रणमा


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको प्रयोगले धेरैलाई भुल्याउने गरेको छ । आपराधिक घटनामा सामाजिक सञ्जालको प्रयोग बढ्ने गुनासो पनि आउने गरेको छ । सँगै सामाजिक सञ्जालकै प्रयोगबाट अपराधीलाई कानूनी कठघरामा उभ्याउन पनि सहज भएको छ ।

यही सामाजिक सञ्जालबाटै सडकमा निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ । सँगै घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तो थियो घटना

काठमाडौँको गोंगबुमा हिजो बिहान एकजना मान्छेलाई सडकमा निर्घात कुट्दै गरेको भिडियो फेसबुकमा लाइभ अपलोड भयो ।

तर,नेपाल प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई आधा घण्टामा पक्रेर अभद्र व्यवहारको अभियोगमा कारबाही अघि बढाएको छ । काठमाडौँ प्रहरी परिसरका एसएसपी अशोक सिंहको कमाण्डमा खटिएको टोलीले आधा घण्टामा तीन जनालाई समातेको हो ।

तनहुँ घर भएका तर बनस्थली बस्ने वर्ष २२ का भरत गुरुङ,ढुंगेधारा बस्ने वर्ष २५ का सोमबहादुर गुरुङ र धापासी बस्ने वर्ष २५ का दीपेन्द्रकुमार थापाले सुनसरी घर भई गोंगबु बस्ने अमर लिम्बूलाई निर्घात कुट्दै ‘आफ्नो उक्त पौरख’ फेसबुकमा लाइभ गरेका थिए ।

उनीहरूले आफ्नी श्रीमतीलाई जिस्काएपछि लिम्बूले किन जिस्काएको भनेर बिरोध गर्दा तीनैजनाले एक्कासी लिम्बूमाथि प्रहार गर्दै सडकमा निर्घात् कुटेका हुन् ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १ : ४२ बजे

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक

धनियाँको पातदेखि कागतीसम्म लामो समय यसरी भण्डारण गर्नुहोस् 

काठमाडौं– आजको व्यस्त जीवनशैलीमा हरेकदिन बजारमा गएर ताजा तरकारी किन्न

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ– नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम

प्रहरीका एसपी अमरेन्द्र सिंहलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंहलाई प्रहरी