१६ सांसदले लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता « Khabarhub

१६ सांसदले लिए मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेकपा एमाले माधव नेपाल समूहका सांसदहरुले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका छन् ।

मंगलबार सामूहिक रुपमा १६ जना सांसदले अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएका हुन् । गत बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए ।

उक्त निर्देशनपछि मङ्गलबार १६ जना सांसदले हस्ताक्षर फिर्ता लिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

गत पुस १२ गते तत्कालीन नेकपा प्रचण्ड-माधव समूहका ३७ जना सदस्यले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

माधव नेपाल समूहका पाँच जना सांसदले यसअघि नै हस्ताक्षर फिर्ता लिइसकेका छन्।

यस्तो छ समर्थन फिर्ताको पत्र

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ३१ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण