आईपीएल : कोलकाताविरुद्ध दिल्ली विजयी « Khabarhub

आईपीएल : कोलकाताविरुद्ध दिल्ली विजयी


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा कोलकाता नाइट राइडर्समाथि दिल्ली क्यापिटल्सले सात विकेटको जित हासिल गरेको छ ।

यो जितसँगै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो नम्बरमा पुगेको छ भने कोलकाता पाँचौं नम्बरमा छ ।

अहमदावादमा भएको खेलमा दिल्लीका पृथ्वी शाले जारी सिजनमा ‘फास्ट फिप्टी’ को कीर्तिमान बनाए । उनले १८ बलमा अर्धशतक बनाउँदै जारी सिजनमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् ।

यस्तै दिल्लीका अर्का ब्याट्सम्यान शिखर धवनले आइपिएलमा ५ हजार ५ सय रन पूरा गरेका छन् । उनी आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको दोस्रो नम्बरमा पुगेका हुन् ।

टस हारेर पहिला ब्याटिङ गर्दै कोलकाताले दिल्लीलाई १५५ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्लीले तीन विकेटको क्षतिमा २१ बल बाँकी छँदै जित हासिल गरेको हो ।

पृथ्वी शाले ४१ बलमा ८२ रन बनाउँदा शिखर धवनले ४६ रन बनाए ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : ५८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु