भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड : एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड : एकैदिन थपिए ३ लाख ८६ हजार बढी संक्रमित


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ८ हजार ३१३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ३ लाख ८६ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो ।

यसअघि हिजो ३ लाख ७९ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ८७ लाख ५४ हजार ९२५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ५३ लाख ६९ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३१ लाख ७७ हजार २५० छ ।

यसैबीच मृतकको संख्या बढ्दै जाँदा भारतको नयाँ दिल्लीमा अन्तिम संस्कारका लागि ठाउँ अभाव हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : २४ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान