नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे « Khabarhub

नेपाल सुपर लिग : ललितपुर र धनगढीले अङ्क बाँडे


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् ।

दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय दिएका थिए । यस्तै खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरिएको थियो ।

यस्तै खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पारेका थिए । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उनले एल्लो कार्ड पाए । सोही वापत ललितपुरले पेनाल्टी पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई अग्रता दिएका थिए ।

यसैगरी खेलको ७९ औं मिनेटमा ललितपुरले गोल गर्दै खेल बराबरीमा पुर्‍यायो । उसका लागि रञ्जन विष्टले गोल गरेका थिए ।

एक-एक गोलको बराबरी खेलेपछि दुवैैले अङ्क बाँडेका छन् । बराबरीपछि धनगढीको तीन खेलमा चार अङ्क छ भने लतिलपुरको तीन खेलमा दुई अङ्क छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ०० बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा