कोरोना महामारीमा एम्बुलेन्स चालक बने यी अभिनेता « Khabarhub

कोरोना महामारीमा एम्बुलेन्स चालक बने यी अभिनेता


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना महामारीबीच बलिउड सेलिब्रेटीहरुले आफ्नो बलले भ्याएसम्म कोरोना संक्रमित बिरामीलाई सहयोग गरिरहेका छन् । तर यो मामलामा कन्नड अभिनेता अर्जुन गौडा फरक निस्किएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनी यो समयमा एम्बुलेन्स चालक बनेर संक्रमितको उपचारमा तल्लिन छन् । दक्षिण भारतीय फिल्मको ‘युवराथना’ र ‘रुस्तम’मा काम गरिसकेका अर्जुन अत्यावश्यक व्यक्तिलाई प्रोजेक्ट स्माइल ट्रस्टमार्फत सहयोग गरिरहेका छन् ।

अर्जुनले बिरामीलाई अस्पतालमा लैजाने र कोरोनाबाट निधन भएका मानिसलाई आर्यघाटमा लैजानेदेखि अन्तिम संस्कारसम्म सहयोग गर्ने गरेको बताए ।

अर्जुनका अनुसार जुन व्यक्तिहरुलाई अस्पताल लैजाने या अन्तिम संस्कारका लागि गाडीको आवश्यकता पर्दछ, उनी एम्बुलेन्स सेवाबाट सहयोग गर्छन् ।

‘म कैयौं दिनदेखि सडकमा छु र करिब ६ व्यक्तिको क्रियाकर्म गराइसकेको छु । जहाँको र जुनसुकै धर्मसँग जोडिएको मानिसलाई पनि यो बेला सहयोग गर्नुपर्छ । सहयोगका लागि म पुरा सहरको जुनसुकै स्थानमा जान तयार छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ४४ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा