कोरोना महामारीमा एम्बुलेन्स चालक बने यी अभिनेता « Khabarhub

कोरोना महामारीमा एम्बुलेन्स चालक बने यी अभिनेता


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–कोरोना महामारीबीच बलिउड सेलिब्रेटीहरुले आफ्नो बलले भ्याएसम्म कोरोना संक्रमित बिरामीलाई सहयोग गरिरहेका छन् । तर यो मामलामा कन्नड अभिनेता अर्जुन गौडा फरक निस्किएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार उनी यो समयमा एम्बुलेन्स चालक बनेर संक्रमितको उपचारमा तल्लिन छन् । दक्षिण भारतीय फिल्मको ‘युवराथना’ र ‘रुस्तम’मा काम गरिसकेका अर्जुन अत्यावश्यक व्यक्तिलाई प्रोजेक्ट स्माइल ट्रस्टमार्फत सहयोग गरिरहेका छन् ।

अर्जुनले बिरामीलाई अस्पतालमा लैजाने र कोरोनाबाट निधन भएका मानिसलाई आर्यघाटमा लैजानेदेखि अन्तिम संस्कारसम्म सहयोग गर्ने गरेको बताए ।

अर्जुनका अनुसार जुन व्यक्तिहरुलाई अस्पताल लैजाने या अन्तिम संस्कारका लागि गाडीको आवश्यकता पर्दछ, उनी एम्बुलेन्स सेवाबाट सहयोग गर्छन् ।

‘म कैयौं दिनदेखि सडकमा छु र करिब ६ व्यक्तिको क्रियाकर्म गराइसकेको छु । जहाँको र जुनसुकै धर्मसँग जोडिएको मानिसलाई पनि यो बेला सहयोग गर्नुपर्छ । सहयोगका लागि म पुरा सहरको जुनसुकै स्थानमा जान तयार छु’, उनले भनेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ४४ बजे

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे

अर्थ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक आज