भारतीय टेलिभिजन आजतकका पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन « Khabarhub

भारतीय टेलिभिजन आजतकका पत्रकार रोहित सरदानाको कोरोना संक्रमणबाट निधन


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतका एकजना चर्चित सञ्चारकर्मी रोहित सरदानाको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । सरदनामा १० दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई कोरोना देखिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनी टेलिभिजन च्यानल आजतकमा कार्यरत थिए । उनको उपचारकै क्रममा आज हृदयघात भएर निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

सरदानाको निधनको खबरपछि यतिबेला भारतीय पत्रकारिता गहिरो शोकमा डुबेको छ । शुक्रबार कोभिड-१९ संक्रमणले निधन भएका सरदानाप्रति राष्ट्रपति, प्रधानमन्त्रीदेखि पत्रकारिता क्षेत्रका व्यक्तिहरु, बलिउड र सर्वसाधारणले दुःख व्यक्त गरेका छन् ।

आजतक टेलिभिजनकी कार्यकारी सम्पादक अञ्जना ओम कश्यपले सहकर्मीको मृत्युको समाचार पढ्दा आफूलाई सम्हाल्न सकिनन् ।

यस्तो छ भिडियो

न्यूजरुममा वर्षौं बिताएको, हाँसखेल गरेको र थुप्रै न्यूजहरु स्कुप हानेको लगायतका स्मरण गर्दै कश्यपले आफ्नै सहकर्मी रोहित सरदानाप्रति श्रद्धासुमन व्यक्त गरेकी छिन् ।

यसैगरी उनको निधनलाई लिएर जी-न्यूज प्रधानसम्पादक सुधीर चौधरीले लेखेका छन्, ‘थोरै पहिले मलाई हाम्रा क्राइम रिपोर्टरको फोन आयो । उसले भनेको कुरा सुन्दा मेरो हात काँप्यो । हाम्रा मित्र तथा सहयोगी रोहित सरदानाको मृत्यु थियो । यो भाइरसले हामी नजिकको कसैलाई उठाएर लैजान्छ भन्ने कुरा कल्पना बाहिरको थियो । यसका लागि म तयार थिइँन । भगवानको यो अन्याय थियो । ओम शान्ति ।’

४१ वर्षीय पत्रकार सरदानालाई कुम्भ मेलामा रिपोर्टिङमा जाँदा कोरोना संक्रमण भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ०९ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका