निषेधाज्ञालाई थप कडाइ गर्ने सीसीएमसीको निर्णय « Khabarhub

निषेधाज्ञालाई थप कडाइ गर्ने सीसीएमसीको निर्णय


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड संकट तथा व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाभाइरस संक्रमणको स्थिति जटिल बन्दै गएको निष्कर्ष निकाल्दै निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकले भारतसँग सीमा जोडिएका १३ वटा नाकामात्र खुलाउन र बाँकी २२ वटा नाकालाई पूर्णरुपमा बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

क्वारेन्टिनसहित खुला राख्ने निर्णय भएका नाकाहरुमा काँकडभिट्टा, जोगबनी, पशुपतिनगर, बिर्तामोड, गौर, वीरगंज, बेलहिया, कृष्णनगर, जमुनाह, झुलाघाट, कोलुघाट, गौरीफन्टा र गड्डाचौकी छन् ।

बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ । सीसीएमसीको सिफारिसमाथि मन्त्रिपरिषद्को आगामी बैठकमा छलफल हुने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ८ : १३ बजे

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट