एनआरएनए साउदीद्वारा राजदूत राजपूतलाई बिदाई « Khabarhub

एनआरएनए साउदीद्वारा राजदूत राजपूतलाई बिदाई


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका बीच गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदीले त्यहाँका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूतलाई बिदाई गरेको छ ।

राजदूत राजपुतलाई कोरोना महामारीलाई मध्यनजर गरी रियादस्थित नेपाली दूतावास प्रांगणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार बिदाई कार्यक्रममा राजपुतलाई एनआरएनए साउदीले दोसल्ला ओढाएर सम्मान तथा मायाको चिनो र प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।

आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कने तयारीमा रहेका उनले नेपाली श्रमिक तथा नेपाली समुदाय र सामाजिक संघ संस्थाहरू संग सहयात्रा अविस्मरणीय रहेको बताएका थिए ।

उनको ठाउँमा नेपाल सरकारले कपिलबस्तुका मेराज मुसलमानलाई नयाँ राजदूत सिफारिस गरेको छ । कार्यक्रमका सभाध्यक्ष एवं गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज थापाले संघको सबै तह र समिति लगायत साउदी अरबमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुको तर्फबाट उनको स्वदेश फिर्ती र भविष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा श्रम काउन्सेलर जीवन राई, महावाणिज्य दूतावास जेद्धाका महावाणिज्यदूत शत्रुघन पोखरेल, एनआरएन सदस्य नारायण पासवान, साउदीका संस्थापक सदस्य एवं संरक्षक राजु सैयदले शुभकामना मन्तव्य राखेका थिए । उनी आफ्नो कार्यकाल पूरा गरि यहि बुधबार स्वदेश फर्किने तयारीमा रहेको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ०५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण