एनआरएनए साउदीद्वारा राजदूत राजपूतलाई बिदाई | Khabarhub Khabarhub

एनआरएनए साउदीद्वारा राजदूत राजपूतलाई बिदाई


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना महामारीका बीच गैर आवासीय नेपाली संघ (एनआरएनए)साउदीले त्यहाँका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंह राजपूतलाई बिदाई गरेको छ ।

राजदूत राजपुतलाई कोरोना महामारीलाई मध्यनजर गरी रियादस्थित नेपाली दूतावास प्रांगणमा एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार बिदाई कार्यक्रममा राजपुतलाई एनआरएनए साउदीले दोसल्ला ओढाएर सम्मान तथा मायाको चिनो र प्रसंशापत्र हस्तान्तरण गरेका थिए ।

आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कने तयारीमा रहेका उनले नेपाली श्रमिक तथा नेपाली समुदाय र सामाजिक संघ संस्थाहरू संग सहयात्रा अविस्मरणीय रहेको बताएका थिए ।

उनको ठाउँमा नेपाल सरकारले कपिलबस्तुका मेराज मुसलमानलाई नयाँ राजदूत सिफारिस गरेको छ । कार्यक्रमका सभाध्यक्ष एवं गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष तेज थापाले संघको सबै तह र समिति लगायत साउदी अरबमा रहेका सम्पूर्ण नेपाली श्रमिकहरुको तर्फबाट उनको स्वदेश फिर्ती र भविष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा श्रम काउन्सेलर जीवन राई, महावाणिज्य दूतावास जेद्धाका महावाणिज्यदूत शत्रुघन पोखरेल, एनआरएन सदस्य नारायण पासवान, साउदीका संस्थापक सदस्य एवं संरक्षक राजु सैयदले शुभकामना मन्तव्य राखेका थिए । उनी आफ्नो कार्यकाल पूरा गरि यहि बुधबार स्वदेश फर्किने तयारीमा रहेको एनआरएनएले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ०५ बजे

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं– नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका

एमाले केन्द्रीय कार्यालय प्रबलीकरण गरेर बस्न मिल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको

दशैँ प्रतिस्पर्धाले थकित स्वस्तिमा : ‘टक्सिक’ महोल भयो, एक दशैँ ब्रेक लिन मन छ

काठमाडौं – नायिका स्वस्तिमा खड्का अभिनीत फिल्म ‘हरिबहादुरको जुत्ता’ फूलपातीबाट

आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ आकर्षण बढ्दो

मन्थली– यहाँस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउनेको सङ्ख्यामा

मुस्ताङबाट ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा निकासी

मुस्ताङ– यसवर्ष मुस्ताङबाट करिब रु ३५ करोडभन्दा बढी मूल्यका भेडाच्याङ्ग्रा