आगामी रणनीति तय गर्न देउवा निवासमा विपक्षी गठबन्धनको बैठक « Khabarhub

आगामी रणनीति तय गर्न देउवा निवासमा विपक्षी गठबन्धनको बैठक


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध एक ठाउँमा उभिएका विपक्षी पाँच दल भावि रणनीति तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन् ।

संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सर्वोच्चको सम्भावित फैसला र त्यसपछिका कदमबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयत्न भइरहेको नेताहरूले बताएका छन् ।

बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : २५ बजे

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

काठमाडौँ – दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ