आगामी रणनीति तय गर्न देउवा निवासमा विपक्षी गठबन्धनको बैठक « Khabarhub

आगामी रणनीति तय गर्न देउवा निवासमा विपक्षी गठबन्धनको बैठक


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध एक ठाउँमा उभिएका विपक्षी पाँच दल भावि रणनीति तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन् ।

संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

बैठकमा वर्तमान राजनीतिक परिस्थिति, सर्वोच्चको सम्भावित फैसला र त्यसपछिका कदमबारे साझा धारणा बनाएर अघि बढ्ने प्रयत्न भइरहेको नेताहरूले बताएका छन् ।

बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपति ओलीको उक्त कदमको विपक्षी दलका अधिकांश नेताहरूले विरोध गर्दै कानूनी र राजनीतिक प्रतिवादमा उत्रिएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : २५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु