डा. बाबुराम भट्टराईको लेखमा भाजपा नेता चौथाइवालेको आपत्ति « Khabarhub

डा. बाबुराम भट्टराईको लेखमा भाजपा नेता चौथाइवालेको आपत्ति


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको लेख प्रति आपत्ति जनाएका छन् ।

भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणमा प्रकाशित भट्टराईको लेखप्रति उनले समाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘डा. बाबुराम भट्टराई आफ्नो आन्तरिक राजनीतिको बारेमा टिप्पणी गर्न स्वतन्त्र छन् तर आरएसएस र भारतबारे उनको टिप्पणीले उनी अझै पनि जेएनयूको स्वप्न दुनियाँमा बाँचिरहेको देखाउँछ । बाबुरामजी, एक ठेट कट्टर कम्युनिष्ट जस्तै, आफ्ना असफलताहरुको लागि अन्य सबैलाई दोष दिइरहेका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गर्न ठीक अघि चौथाइवालेले नेपालको भ्रमण गरेका थिए ।

प्रतिनिधि सभा विघटनको पूर्व सन्ध्या भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवने, भारतीय विदेश मन्त्रालयका सचिव हर्षवर्द्धन शृङ्गलापछि चौथाइवाले प्रधानमन्त्रीसँग भेट गर्ने चौथो हाइप्रोफाइल भारतीय थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ११ : २५ बजे

पहिरोले ८ सडक प्रभावित, बीपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन : मानव सहायता कल्याण कोषको घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको

प्रधानमन्त्री बालेन र हस्तकला महासंघका प्रतिनिधिबीच सिंहदरबारमा छलफल हुँदै

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच