आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै « Khabarhub

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ ।

तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण पालिकाभरका विद्यालयमा चालू शैक्षिकसत्रको कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको हो ।

शिक्षा समिति संयोजकसमेत रहेका नगरप्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको बैठकले सबै सामुदायिक तथा संस्थागत विद्यालयले जेठ मसान्तभित्र एकसाथ आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेशराज रेग्मीले जानकारी दिए ।

पाठ्यक्रमले तोकेअनुसार निरन्तर विद्यार्थीको मूल्याङ्कन आवधिक परीक्षा, त्रैमासिक, अर्धवार्षिक परीक्षामा विद्यार्थीले प्राप्त गरेको औसत अङ्कका आधारमा नतिजा तयार पार्ने र प्रकाशन व्यवस्थापन गर्नुपर्ने मापदण्ड निर्धारण गरिएको रेग्मीले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १ : २८ बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन