कोरोना सङ्क्रमणको दर घट्दै « Khabarhub

कोरोना सङ्क्रमणको दर घट्दै


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– जिल्लामा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । करीब एक सातायतादेखि १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमित देखा पर्न थालेका छन् ।

कोरोना परीक्षण गराउनेमा ४० प्रतिशतसम्म कोरोना सङ्क्रमित पुष्टि भएको जिल्लामा पछिल्लो समय भने १५ देखि २० प्रतिशत मात्रै कोरोना सङ्क्रमितको पुष्टि भएको पाइएको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।

जिल्लामा निषेधाज्ञाका लागू हुनाका साथै मानिस पनि स्वास्थ्यका मापदण्डको पालना गर्न थालेपछि नयाँ कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुनसक्नेसमेत स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले बताए ।

यसैगरी यहाँ अस्पताल आउने बिरामीको पनि सङ्ख्यामा कमी आएको छ । करीब एक सातायतादेखि अस्पतालमा ज्वरोका बिरामीको ५० प्रतिशतले कमी आएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पछिल्लो समयमा जिल्ला सदरमुकामभन्दा ग्रामीण क्षेत्रमा भने कोरोना सङ्क्रमण बढेकाले स्थानीय तहले कोरोना परीक्षणलाई तीव्रता दिएका छन् ।

दुई साता पहिले जिल्लामा कोरोना महामारीसँगै भाइरल ज्वरो र मौसमी बिरामीको सङ्ख्या बढी थियो तर पछिल्लो समयमा केही कमी आएको छ । खानपिन र सरसफाइका साथै व्यक्तिगत सुरक्षाका कारण र स्वास्थ्य मापदण्डअनुसार जनता सचेत हुँदा बिरामीको सङ्ख्यामा कमी आएको हुनसक्ने स्वास्थ्यकर्मीले जनाएका छन् ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १२ : ५२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने