पाँच दलको संयुक्त वक्तव्यमा माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा | Khabarhub Khabarhub

पाँच दलको संयुक्त वक्तव्यमा माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलका नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा माधवकुमार नेपाललाई नेकपा एमालेको वरिष्ठ नेता भनेर उल्लेख गरिएकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलका शीर्ष नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग तथा निकायहरुलाई अपिल गर्दै आज संयुक्त वक्तव्य जारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित उक्त वक्तव्यमा माधवकुमार नेपालले एमालेको वरिष्ठ नेताको हैसियतमा हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा नेपालको हस्ताक्षर अनाधिकृत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको जिकिर छ । पाँच दलको वक्तव्य सार्वजनिक भएलगत्तै थापाले ट्वीटरमा ट्वीट गर्दै नेकपा एमालेमा वरिष्ठ नेताको दर्जामा नेता नेपाल नभएको र हस्ताक्षर गर्दै हिँड्न पार्टीले कहिल्यै नखटाएको बताएका छन् ।

उनले अनाधिकृत कार्य भन्दै विधि र पद्धतिको कुराँ गर्दै हिँड्नेले नै त्यसको उल्लंघन गरेको भन्दै अझै विधि र पद्धति ! भनेका छन् ।

उनले लेखेका छन्, ‘अनाधिकृत कार्य– विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा (एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन । अझै विधि र पद्धति ! ’

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  २ : १५ बजे

‘राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल खुल्छन्’

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको म्यान्डेट नै सुशासन

दशैँअघि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी

चितवन– चितवन राष्ट्रिय निकुञ्जले दशैँअघि निकुञ्जमा जिप सफारी सुरु गर्ने

१८ वर्षदेखि पाकिस्तानलाई फाइनलमा हराउन नसकेको भारत

यूएई- पाकिस्तानले एशिया कप २०२५ मा बंगलादेशलाई हराउँदै फाइनलमा स्थान

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई

नारायणगढ–मुग्लिन सडकखण्डमा सहज रूपमा यातायात सञ्चालन

चितवन– एक सातामा पटकपटक गरी १०५ घण्टा अवरुद्ध भएको नारायणगढ–मुग्लिन