पाँच दलको संयुक्त वक्तव्यमा माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा « Khabarhub

पाँच दलको संयुक्त वक्तव्यमा माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच दलका नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा माधवकुमार नेपाललाई नेकपा एमालेको वरिष्ठ नेता भनेर उल्लेख गरिएकोमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहित पाँच दलका शीर्ष नेताहरुले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग तथा निकायहरुलाई अपिल गर्दै आज संयुक्त वक्तव्य जारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेलसहित उक्त वक्तव्यमा माधवकुमार नेपालले एमालेको वरिष्ठ नेताको हैसियतमा हस्ताक्षर गरेका छन् ।

वक्तव्यमा नेपालको हस्ताक्षर अनाधिकृत रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको जिकिर छ । पाँच दलको वक्तव्य सार्वजनिक भएलगत्तै थापाले ट्वीटरमा ट्वीट गर्दै नेकपा एमालेमा वरिष्ठ नेताको दर्जामा नेता नेपाल नभएको र हस्ताक्षर गर्दै हिँड्न पार्टीले कहिल्यै नखटाएको बताएका छन् ।

उनले अनाधिकृत कार्य भन्दै विधि र पद्धतिको कुराँ गर्दै हिँड्नेले नै त्यसको उल्लंघन गरेको भन्दै अझै विधि र पद्धति ! भनेका छन् ।

उनले लेखेका छन्, ‘अनाधिकृत कार्य– विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ । नेकपा (एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन । अझै विधि र पद्धति ! ’

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  २ : १५ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै