महिलालाई आगो लगाउने व्यक्ति अझै फरार « Khabarhub

महिलालाई आगो लगाउने व्यक्ति अझै फरार


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् ।

उनी आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले आगो लगाउने व्यक्तिको खोजी कार्य जारी रहेको बताए ।

उनले भने, “लक्ष्मीलाई आगो लगाउने व्यक्तिका विषयमा प्रहरीले ९० प्रतिशत प्रमाण जुटाइसकेको छ, केही दिनमा प्रक्राउ गरी सबै कुरा बाहिर ल्याउछौँ ।”

आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिलाको कम्तीमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

आगोले जलेकी लक्ष्मीको अवस्थाका सुधार हुँदै आएको बताइएको छ । घटना घटेलगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार रहेकाले प्रहरीले उनीमाथि शङ्का गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ४५ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको