महिलालाई आगो लगाउने व्यक्ति अझै फरार « Khabarhub

महिलालाई आगो लगाउने व्यक्ति अझै फरार


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई गत बुधबार राति आगो लगाएर जलाउने व्यक्ति अझै फेला पर्न सकेका छैनन् ।

उनी आफ्नै पसलमा सुतिरहेको अवस्थामा राति करीब १२ः०० बजे अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले आगो लगाउने व्यक्तिको खोजी कार्य जारी रहेको बताए ।

उनले भने, “लक्ष्मीलाई आगो लगाउने व्यक्तिका विषयमा प्रहरीले ९० प्रतिशत प्रमाण जुटाइसकेको छ, केही दिनमा प्रक्राउ गरी सबै कुरा बाहिर ल्याउछौँ ।”

आगोले जलेकी निज महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

निज महिलाको कम्तीमा पनि ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा संलग्न अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

आगोले जलेकी लक्ष्मीको अवस्थाका सुधार हुँदै आएको बताइएको छ । घटना घटेलगत्तै लक्ष्मीका श्रीमान् सन्तोष भाट भने फरार रहेकाले प्रहरीले उनीमाथि शङ्का गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  १० : ४५ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’