जापानमा १२ देखि १५ वर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति « Khabarhub

जापानमा १२ देखि १५ वर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानमा कोरोनाभाइरस विरुद्धको फाइजरको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।

फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो ।

मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजार खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ ।

यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो ।

परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरुले खोप १२ देखि १५ बर्षसम्मका बालबालिकाहरुलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् ।

स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो । (रासस-एएनआई)

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : ३० बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको