विश्वकप छनोट खेल्न नपाली फुटबल टोली कुवेत प्रस्थान « Khabarhub

विश्वकप छनोट खेल्न नपाली फुटबल टोली कुवेत प्रस्थान


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फुटबल टोली इराकबाट कुवेत प्रस्थान गरेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनोटका बाँकी खेल खेल्न नेपाल कुवेततर्फ प्रस्थान गरेको हो ।

नेपाली टिमका व्यवस्थापक मधुसुधन उपाध्यायका अनुसार इराकी स्थानीय समय अनुसार नेपाली टोली साँझ ६ बजे कुवेततर्फ प्रस्थान गरेको हो । गएराति भएको इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोल अन्तरले पराजित भएको थियो ।

नेपाल आफ्नो समूह ‘बी’ को चौथौं स्थानमा रहँदा विश्वकप खेल्ने सम्भावना लगभग न्यून देखिन्छ।

नेपालले आगामी ‘जुन ३’ मा चाइनिज ताइपेइ, ‘जुन ७’ मा जोर्डन र ‘जुन ११’ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले सबै खेल कुवेतको ‘जबिर अल अहमद अन्तराष्ट्रिय स्टेडियम’मा खेल्नेछ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : १० बजे

रसिकको बालकथा कृति ‘बेलबहादुरसँग बिहे’ तेस्रो संस्करण सार्वजनिक

काठमाडौं– साहित्यकार जितेन्द्र रसिकको बालकथा कृती ‘बेलबहादुरको बिहे’ तेस्रो संस्करण

चुनावमा वर्षमानलाई सघाउन सन्तोष सुवेदीले छाडे विप्लवको साथ 

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) का केन्द्रीय सदस्य

जापान-दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल

एजेन्सी– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले मंगलबार पश्चिमी जापानको

कोरला नाकाबाट दुई करोड २४ लाखका भेप बरामद

मुस्ताङ– कोरला नाकाबाट दुई करोड २४ लाख मुल्य बराबरका विद्युतीय

महोत्तरीका मगर र थारू बस्तीमा माघेसङ्क्रान्तिको रौनक

महोत्तरी– यहाँका थारू र मगर बस्तीमा माघेसङ्क्रान्ति पर्वको रौनक बढेको