कोरोना सङ्क्रमण र मृत्युदर घट्दै | Khabarhub Khabarhub

कोरोना सङ्क्रमण र मृत्युदर घट्दै


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार ७४१ रहेकामा आज सो सङ्ख्या घटेर चार हजार ३६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १४५ रहेकामा आज सो सङ्ख्या घटेर १०९ पुगेको छ ।

यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार १६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार २४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने २१४ रहेको थियो ।

जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ९८६ जनाको पिसिआर परीक्षण तथा एक हजार ७८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट तीन हजार ७०२ तथा एन्टिजेनबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पाँच लाख ५३ हजार ४२२ पुगेको छ । हाल ७६३ सङ्क्रमित क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म चार लाख ४० हजार ९५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार २०५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख आठ हजार ८९७ सक्रिय सङ्क्रमित रहेका छन् । पिसिआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ४२ हजार ३६९ पुगेको छ ।

काठमाडौँ उपत्यकामा पनि घट्दै सङ्क्रमितको सङ्ख्या

काठमाडौँ उपत्यकामा पनि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८२१ रहेकामा आज सो सङ्ख्या घटेर एक हजार ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८०४, ललितपुरमा १६८ तथा भक्तपुरमा ११३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ३७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार ३६२ सङ्क्रमित निको भएका छन् भने एक हजार ५९९ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार ५२५ सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म २६ हजार १२५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट ४३० सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार ५०१ सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १४ हजार ९६६ रहेको छ भने ३२१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ९ : २० बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ