उज्वल थापाको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला : संयोजक मिश्र « Khabarhub

उज्वल थापाको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला : संयोजक मिश्र


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस संक्रमण भएर अस्पतालमा उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको र अवस्था अत्यन्तै गम्भीर रहेको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनाएका छन्।

उनले सामाजिक सञ्जालमा थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै डाक्टरहरूले सकेको गरिरहेको बताएका छन् । डाक्टरहरू र देश-विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ।

उलने फेसबुकमा लेखेका छन्, ‘उज्वलजी स्वास्थ्य सुधारका लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ !’

अहिले थापाको उपचार मेडिसिटी अस्पतालमा भइरहेको छ। यसअघि उनको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार भएको थियो। अवस्था सुधार नभएपछि उनलाई मेडिसिटीमा भर्ना गरिएको थियो।

‘अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भइरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ,’ आइतबार दिउँसो परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ।

उनले फेसबुकमा यस्तो लखेका छन्

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ७ : ५२ बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय