आकाशमा जहाजले लगातार फन्को लगाउँदा… « Khabarhub

आकाशमा जहाजले लगातार फन्को लगाउँदा…


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– धनगढीको आकाशमा हवाइजहाजले आज लगातार फन्को लगाइरहँदा नगरवासीमा कौतुहल र चासो बढेको देखियो । आकाशमा यसरी किन चक्कर लगाइरहेको भनेर नगरवासीले चासो राख्दै एकापसमा टेलिफोनमा जिज्ञासा राखिरहेका थिए ।

कतिपयले धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर वा अवतरण गर्ने वातावरण नभएर जहाजले आकाशमा फन्को लगाएको अनुमान लगाएका थिए भने अन्य कतिपयले उडिरहेकै अवस्थामा जहाज बिग्रेकाले अवतरण गर्नमा समस्या भएको भनेर अड्कल गरिरहेका थिए ।

कोरोना भाइरसको महामारीका बेला हाल धनगढी विमानस्थलमा आन्तरिक उडान बन्द रहेको अवस्थामा उक्त जहाजले चक्कर लगाएको देखिँदा पनि नगरबासीको चासो बढेको थियो ।

बिहान १० बजेको आसपासमा पूर्वतर्फबाट आएको सो जहाजले कैलालीको धनगढी र कञ्चनपुर जिल्लाको आकाशमा तीन/चार पटक फन्को लगाएको थियो । सो जहाज अवतरण गर्न नसकेर नभएर त्यहाँको धरातलीय स्वरुप मापनका लागि सर्भेक्षण कार्य गरिएको जनाइएको छ ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जमीनको धरातलीय स्वरुप के कस्तो छ भनेर नक्सा तयार गर्नका लागि जहाजमार्फत् सर्भेको काम भइरहेको भन्ने जानकारी आएको बताए । उनले भने, ‘‘एक विदेशी जहाजले भैरहवा, नेपालगञ्ज र धनगढीको आकाशमा ‘सर्भे फ्लाइट’ गर्दैछ भन्ने जानकारी आएको थियो ।’’ – रासस

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ८ : १० बजे

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– भेनेजुएलामा दुई शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको क्यारेबियन

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय