भारतमा थप ४५ हजार संक्रमित, ८१६ संक्रमितको मृत्यु | Khabarhub Khabarhub

भारतमा थप ४५ हजार संक्रमित, ८१६ संक्रमितको मृत्यु


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   भारतमा थप ४५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजार ६९९ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार २३औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३ लाख ६१ हजार ६९९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ५ लाख ४३ हजार ७१८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ८१६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार ४८४ पुगेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ५५ बजे

पहिरोले अलपत्र यात्रुका लागि प्रजिअ र प्रहरी प्रमुख नै पुगे खाजा लिएर

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलानजिक खसेको पहिरोका कारण रातभर अलपत्र

पालमुनि यसरी हुँदैछ सर्वोच्चमा बहस (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका नाममा भदौ २४ गते सर्वोच्च अदालतको भवन

वर्षमानले भने- जेन–जी विद्रोहको पहिलो कारण कांग्रेस-एमाले गठजोड, दोश्रो भू-राजनीति  

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले गत वर्षको

कांग्रेसका ६ भाइ फेरि जुटे चाक्सीबारीमा

काठमाडौँ- नेपाली कांग्रेसका ६ शीर्ष नेताहरू संवादका लागि फेरि सक्रिय

नवरात्र नजिकिएसँगै सिँगारिँदै उपत्यकाका शक्तिपीठ

काठमाडौं– नवरात्र नजिकिएसँगै काठमाडौं उपत्यकाका शक्तिपीठ सिँगार्न थालिएको छ ।