कुवेतमा दुई जनाको मृत्यु « Khabarhub

कुवेतमा दुई जनाको मृत्यु

प्रेम सम्बन्धमा रहेका युवाले आत्महत्या गरे


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा नेपाली प्रेमीप्रेमीकाले आत्महत्या गरेका छन् । रोजगारीको सिलसिला कुवेतमा रहेका नुवाकोटका रञ्जित घिमिरे र सोलुखुम्बुकी पेसी शेर्पाले आत्माहत्या गरेका हुन् ।

आपसी झगडाका कारण आत्माहत्या गरेको बताईएको छ । घिमिरे त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा कार्यरत थिए भने शेर्पा कुवेतीको घरमा घरेलु कामदार थिइन ।

उनीहरूले नेपालमा गएर बिहे गर्ने योजना बनाएका थिए । तर विगत केही समयदेखि मनमुटाप भएपछि उनीहरूबीच विवाद हुँदै आएको थियो ।

घिमिरे फर्वानियास्थित आफ्नै कोठामा डोरीले पासो लगाएर आत्महत्या गरे भने त्यो लगतै उनकी प्रेमिका शेर्पाले पनि उनीले काम गर्ने मालिकको घरमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेको बताइएको छ ।

उनीहरूले जुन २५ तारिखमा आत्महत्या गरेको कुवेत प्रहरीले जनाएको । यता कुवेतस्थित नेपाली दूतावासले भने आत्माहत्या हो वा केहो भन्ने बारे जानकारी नभएको बताएको छ ।

मृतक शेर्पाको शव नेपाल पठाईसकिएको छ भने घिमिरेको शव पनि आवस्यक कानुन प्रक्रिया पूरा गरे चांडै पठाइने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ०४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार