चर्को घाममा काम लगाउने कुवेतमा ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी « Khabarhub

चर्को घाममा काम लगाउने कुवेतमा ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी



दोहा– कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको छ ।

कुवेतको जनसंपर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ वटा कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताए ।

यी कम्पनीहरूमा काम गर्ने कामदारहरूको संख्या ५६४ जना रहेको छ । केहि साइटहरूको पुन: अनुगमन गर्दा टोलीले २०० कम्पनीहरूले मात्र निर्णयको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उदृत गर्दै पीएएमकी प्रवक्ता अल-माजेडले बताए ।

निरीक्षण टोलीले व्यावसायिक स्वास्थ्य र सुरक्षाका लागि राष्ट्रिय केन्द्रमा खुला स्थानमा कामको अनुगमन गर्ने जिम्मा पाएको छ, जुन १ देखि २४ तारिखसम्म ५०२ साइटहरूको निरीक्षण गरिसकेको जनाएको छ ।

पीएएमले रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थ्यको रक्षा गर्न जोड दिएको छ । प्राधिकरणले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई रिपोर्ट गर्न अनुरोध गरेको छ ।

यी हुन हटलाइन नम्बरहरू : राजधानी र जहरा गभर्नरेट ६६६४६४६६, मुबारक अल-काबीर गभर्नरेट ९९९९०९३०, फरवानिया गभर्नरेट ६६२०५२२९, अहमदी गभर्नरेट ६६०८०६१२ तथा हावाली गभर्नरेट ९९७०९९९४ मा सम्पर्क गरी उजुरी गर्न अनुरोध गरेको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन। दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोकिङ आवर सधैको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : १९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना