चर्को घाममा काम लगाउने कुवेतमा ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी | Khabarhub Khabarhub

चर्को घाममा काम लगाउने कुवेतमा ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी



दोहा– कुवेतमा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको छ ।

कुवेतको जनसंपर्क र मिडिया विभागका निर्देशक र पब्लिक अथोरिटी फर म्यानपावर (पीएएम)को अनुगमन टोलीले निरीक्षण गर्दा श्रमिकलाई चर्को घाममा काम लगाउने ३२४ वटा कम्पनीलाई प्रतिबन्धित गर्ने चेतावनी दिएको पीएएमका प्रवक्ता असिएल अल-माजेडले बताए ।

यी कम्पनीहरूमा काम गर्ने कामदारहरूको संख्या ५६४ जना रहेको छ । केहि साइटहरूको पुन: अनुगमन गर्दा टोलीले २०० कम्पनीहरूले मात्र निर्णयको पालना गरेको र अन्य कम्पनीहरुले अझै नियम उलङ्घनको सुधार गर्न नसकेको अरब टाइम्सलाई उदृत गर्दै पीएएमकी प्रवक्ता अल-माजेडले बताए ।

निरीक्षण टोलीले व्यावसायिक स्वास्थ्य र सुरक्षाका लागि राष्ट्रिय केन्द्रमा खुला स्थानमा कामको अनुगमन गर्ने जिम्मा पाएको छ, जुन १ देखि २४ तारिखसम्म ५०२ साइटहरूको निरीक्षण गरिसकेको जनाएको छ ।

पीएएमले रोजगारदाता कम्पनीहरुलाई कामदारको सुरक्षाको ग्यारेन्टी गर्न र कानुनी समस्याबाट जोगिन निर्देशनको पालना गर्न आग्रह गर्दै निर्णय कार्यान्वयन गर्न र श्रमिकको स्वास्थ्यको रक्षा गर्न जोड दिएको छ । प्राधिकरणले कुनै पनि कम्पनीहरुले चर्को घाममा काम लगाए तत्काल निरीक्षण टोलीलाई रिपोर्ट गर्न अनुरोध गरेको छ ।

यी हुन हटलाइन नम्बरहरू : राजधानी र जहरा गभर्नरेट ६६६४६४६६, मुबारक अल-काबीर गभर्नरेट ९९९९०९३०, फरवानिया गभर्नरेट ६६२०५२२९, अहमदी गभर्नरेट ६६०८०६१२ तथा हावाली गभर्नरेट ९९७०९९९४ मा सम्पर्क गरी उजुरी गर्न अनुरोध गरेको छ ।

कुवेतले गत १ जुनदेखि ३१ अगस्टसम्म बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुल्ला क्षेत्रमा श्रमिकलाई काममा लगाउन नपाइने निर्णय गरेको थियो ।

दिउँसोको समयमा काम गर्न गराउन प्रतिबन्ध लगाइए पनि काम गर्ने अवधि भने घटाइएको छैन। दिउसो घाम चर्को बेला काम रोकेर साँझ तापक्रम कम भएको बेला काम गरेर वोकिङ आवर सधैको झै बराबर गर्न सकिने बताईएको छ । कुवेतमा विभिन्न क्षेत्रमा गरी करिव ७० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : १९ बजे

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट

वीरगञ्ज महानगरमा एक अर्बभन्दा बढीको क्षति

वीरगञ्ज– जेन-जी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर–कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जेनजी आन्दोलनमा भएको घटनाको

रविलाई जेलभित्रै राखेर रास्वपा महाधिवेशनको तयारी

काठमाडौं– अन्तरिम सरकारले अगामी फागुन २१ गते निर्वाचन हुने मिति