कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना « Khabarhub

कङ्गोमा शान्ति सैनिकप्रति सकारात्मक भावना


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली शान्ति सैनिकले कङ्गोको बुदनास्थित शारी नदीमाथिको पुल मर्मत गरेको छ । कङ्गोमा तैनाथ नं २४ फिल्ड गुल्म (इञ्जीनियर्स) ले लामो समयदेखि जीर्ण भएर आवागमनमा अप्ठेरो भइरहेको शारी नदीमाथिको पुलको मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार पुल मर्मतपछि स्थानीयवासी र सुरक्षा फौजलाई आफना काम र हर्कतका लागि आवतजावत गर्न सहज भएको छ । मर्मतपछि त्यहाँ संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि एवं त्यहाँ तैनाथ मिसनका उपप्रमुख खासिम देग्नेले सो पुल स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले नेपाली सेनाले शान्ति स्थापना कार्यमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेको बताइएको छ ।

जीर्ण पुलको फाइदा उठाउँदै हतियारधारी समूहले स्थानीय बासिन्दालाई बेलाबेलामा दुःख दिने गरेकामा पुल मर्मतपछि सुरक्षा फौज परिचालन र आवतजावत गर्न सहज भएपछि नागरिकले सुरक्षित महसुस गरेको जानकारी दिइएको छ । पुल सञ्चालनमा आएसँगै व्यापारिक केन्द्र बुनियाँसँगको व्यापारमा समेत सकारात्मक प्रभाव परेको छ ।

पुलमा दोहोरो आवतजावतसँगै नेपाली शान्ति सैनिकप्रति स्थानीयबासीमा अझ बढी सकारात्मक भावना पैदा भएको सेनाले विश्वास गरेको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १० : ३४ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न