अभिनेत्री मन्दिरालाई पति शोक « Khabarhub

अभिनेत्री मन्दिरालाई पति शोक


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेत्री मन्दिरा बेदीलाई पति शोक परेको छ । उनको पति राज कौशलको बुधबार विहान हृदयघातका कारण निधन भएको हो ।

राजलाई बिहान ४:३० मा घरमा नै हृदयघात भएको थियो । उनलाई उपचारको लागि अस्पताल लगे पनि अस्पताल पुग्नु अघि नै उनको निधन भइसकेको थियो ।

राज अभिनेताका अलावा फिल्म निर्देशक पनि थिए । उनले अभिनेताका रुपमा फिल्मी करियर सुरु गरेका थिए । आफ्नो करियरमा राजले ‘प्यार में कभी–कभी’, ‘शादी का लड्डु’ र ‘एंथनी कौन है’ निर्देशन गरेका थिए ।

राजको निधनमा बलिउडकर्मीले शोक व्यक्त गरेका छन् । मन्दिराले सन् १९९९ फेब्रुअरी १४ मा राजसँग विवाह गरेकी थिइन् । उनीहरुको वीर र तारा गरी दुई धर्म सन्तान छन् ।

मन्दिरा र राजको विवाह कुनै फिल्मको कथा भन्दा कम थिएन । उनीहरुको प्रेम विवाह हो । दुवैको पहिलो भेट निर्देशक मुकुल आनन्दको घरमा भएको थियो । दुवैको परिवार विवाहलाई लिएर खुशी थिएनन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ०० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित