एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरू, नेपाल समूह अनुपस्थित « Khabarhub

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक शुरू, नेपाल समूह अनुपस्थित


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठक शुरू भएको छ ।

अदालतले गत जेठ २७ मा अवैध ठहर गरेको यो कमिटीको जारी बैठक अन्तिम ठानिएको छ । यसमा माधव नेपाल पक्षधरका कारबाही गरिएका भनिएका ११ जना बाहेकलाई डाकिएको बताइए पनि उनीहरु गएका छैनन् ।

यो बैठकको औचित्य नै नरहेकाले नगएको माधव नेपाल समूहका नेता गोकर्ण विष्टले बताएका छन् । एमालेको नवौं महाधिवेशनबाट पारित विधानले महाधिवेशनबाट छानिएको कमिटी मात्रै चिन्ने भएकाले यसको वैधता नभएको उनले बताए ।

संस्थापन पक्षको यो बैठकमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटी बनाउने स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने तयारी भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी समिति बैठकले २०७४ जेठ २ गतेको कमिटी व्यूँताउने निर्णय गरेको थियो । सो केन्द्रीय कमिटीको बैठक असार १८ गते डाकिएको छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १२ : ३० बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म