अभिनेता नसीरुद्दीन अस्पताल भर्ना « Khabarhub

अभिनेता नसीरुद्दीन अस्पताल भर्ना


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । शरीरमा निमोनिया भएपछि ७० वर्षे अभिनेतालाई मंगलबार उपनगर खारस्थित हिन्दुजा अस्पतालमा भर्ना गरिएको हो ।

उनकी श्रीमति रत्ना पाठक शाहका अनुसार उनको उपचार भइरहेको छ । रत्नाले नसीरुद्दीनको स्वास्थ्य स्थिर रहेकाले केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुनेमा आफू आशावादी रहेको बताइन् ।

नसीरुद्दीनले आफ्नो फिल्म करियरको सुरुवात सन् १९७५ मा फिल्म ‘निशान्त’बाट गरेका थिए । यो फिल्ममा उनको भूमिका सानो भए पनि उनी सबैमाझ चिनिएका थिए । कैयौंपटक राष्ट्रिय पुरस्कार जितिसकेका नसीरुद्दीन पछिल्लो पटक सन् २०२० मा ‘मी रक्सम’मा देखिएका थिए ।

उनले ‘आक्रोश,’ ‘स्पर्श’, ‘मिर्च मसाला’, ‘भवानी भवई’, ‘अर्ध सत्य’, ‘मंडी’ र ‘चक्र’ लगायतका फिल्मा काम गरेका छन् । उनले सय बढी फिल्ममा आफ्नो अभिनय कला देखाइसकेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : १० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित