भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन « Khabarhub

भोलिदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको सातौँ राष्ट्रिय शिखर सम्मेलन असार १७ र १८ गते हुने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण यसअघि स्थगित सम्मेलन भोलि र पर्सी (बिहीबार र शुक्रबार) हुने जानकारी दिएको हो । परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार सम्मेलन कार्यालयबाटै भर्चुअल माध्यमबाट हुनेछ ।

स्वास्थ्य तथा जनसंख्याका विषयमा नयाँ नयाँ अनुसन्धान गर्न र विगत सात वर्षदेखि वार्षिक रुपमा शिखर सम्मेलन गर्दै आएको ज्ञवालीले जानकारी दिए ।

विज्ञहरूलाई एकै ठाउँमा राखेर जनस्वास्थ्य संकटको बेला अनुसन्धानको आवश्यकताको बारेमा छलफल गर्ने तथा जिम्मेवारीपूर्वक अनुसन्धान कार्य गर्न अभिप्रेरित गर्ने लक्ष्यका साथ सम्मेलनको आयोजना गरिएको ज्ञवालीले बताए ।

सम्मेलनमा खोज तथा अनुसन्धानका बारेमा ४७ वटा अनुसन्धान कार्यहरूको प्रस्तुति, १९ वटा पोष्टर तथा २४ वटा आमन्त्रित प्रस्तुतिकरण रहने उनको भनाइ छ ।

सम्मेलनबाट उत्कृष्ठ वैज्ञानिकहरूको छनोट गरी विभिन्न अवार्डबाट सम्मानित गरिने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ९ : ३१ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान