‘ग्रेट वाल मोटर्स’का प्रिमियम एसयूभी र पिकअप गाडी नेपाली बजारमा « Khabarhub

‘ग्रेट वाल मोटर्स’का प्रिमियम एसयूभी र पिकअप गाडी नेपाली बजारमा


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वविख्यात अटोमोबाइल ब्राण्ड ‘ग्रेटवाल मोटर्स’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। यस बहुप्रतिक्षित ब्रान्डले आफ्नो प्रिमियम उत्पादनहरुका साथ अन्ततः नेपालको अटोमोबाइल क्षेत्र प्रवेश गर्ने बाटो खोलेको छ।

नेपालमा आफ्नो उपस्थिति ‘ग्रेटवाल मोटर्स’ ले तीन गाडीहरुबाट सुरु गरिरहेको छ, जसमा एसयूभी वर्गमा ‘थर्ड जेन ह्याभल एच६’ र ‘ह्याभल जोलिअन’ छ भने, पीकअप वर्गमा ‘पोअर’ रहेको छ। दुवै मोडलहरुको ‘लुक, इन्टेरियर स्पेस, ओभरल परफरमान्स, इन्टेलिजेनस र सेफ्टी’लाई ध्यानमा राखी विस्तृत रुपमा रिडिजाइन गरिएको छ।

कम्पनीका अनुसार नेपालको लागि ‘ग्रेटवाल मोटर्स’ को आधिकारिक आयातकर्ता र बिक्रेता रहेको भीएक्स इम्पेक्स प्रालिसँग कार ब्रान्डसम्बन्धी विषेश अनुभव रहेको छ। दुई पक्षबीचको सहयोगले सजिलै स्थानीय बजारमा प्रभाव छाड्ने र नेपाली अटोमोबाइल क्षेत्रको विकासमा सहयोग पुर्‍याउने कुरामा यस कम्पनी विश्वस्त छ। ‘ग्रेटवाल मोटर्स’ ले नेपालमा दीर्घकालीन व्यापार रणनीति अनुसरण गर्दै नवीन उत्पादनहरु मार्फत प्रतिस्पर्धात्मक वातावरण बनाउन सघाउ पुर्‍याउनेछ र बजारको मागलाई गाइड गर्नेछ।

तीन नयाँ मोडलहरु, ‘ह्याभल जोलिअन, थर्ड जेन ह्याभल एच६ र पोअर’ का साथ बजार प्रवेश गरेको कम्पनीले ‘ग्रेटवाल मोटर्स’ का प्रशंसकहरुका लागि हाल बजारको अवस्थालाई मध्यनजर गर्दै चाडै नै भर्चुअल कार सोकेसहोस्ट गर्ने भएको छ ।

राम्रो बनावट रप्रिमियम विशेषताले भरिपूर्ण ‘थर्डजेन ह्याभल एच६’ शक्तिशाली २.० लिपेट्रोल टर्बो इन्जिन रहेको छ, त्यसैगरी, ‘ह्याभल जोलिअन’१.५ लि पेट्रोल टर्बो इन्जिन र ‘पोअर’मा २.० लि डिजल टर्बो इन्जिन रहेका छन्।

‘ग्रेटवाल मोटर्स’ को सोरुम थापाथली, काठमाडौंमा अवस्थित छ र ग्राहकहरुलाई देशभर एक प्रीमियम अनुभव प्रदान गर्नका लागि यसको नेटवर्क नेपालभरिका प्रमुख शहरहरुमा विस्तार गर्ने योजना रहेको छ। अहिलेको परिस्थिति सहज भएपछि ‘ग्रेटवाल मोटर्स’ ले आफ्नो ब्रान्ड र उत्पादनलाई नयाँ ढंगले बजार बिस्तार गर्नेछ र चाँडै नै अत्याधुनिक सेवा केन्द्र सुचारु पनि रहेको छ ।

निकट भविष्यमा ‘ग्रेटवाल मोटर्स’ ले नयाँ जेनेरेसनको इलेक्ट्रिक कार, ‘ओआरए आर१’ नेपाली बजारमा ल्याउने योजना बनाएको छ जुन आकर्षक बनावटका साथै सुरक्षित र विशेष सुविधाहरु सहित आउने छ। साथै कम्पनिले ‘जिडब्लुएम’को लोकप्रिय गाडी ‘विङल पिकअप’ पनि छिट्टैै नै बजारमा ल्याउने तयारीमा रहेको छ।

‘ग्रेटवाल मोटर्स’ एसयूभी र पिकअप ट्रकको ग्लोबल निर्माता हो। धेरै वर्षसम्म एसयूभी र पिकअपहरुले लगातार चिनियाँबजारको बिक्रीमा नेतृत्व गरिरहेको छ। चीनबाट विश्वमा आफ्नो उपस्थिति जनाउने यो पहिलो चिनियाँ अटो व्यवसाय हो। आफ्नो वर्गमा सही उपस्थिति बनाउन ‘जीडब्लूएम’ले ‘फोकस, डेडिकेसन, स्पेसलाइजेसन’ को अवधारण अनुशरण गरेको छ। यसले अग्रणी बिक्रेता बन्नको लागि ब्रान्डको व्यावसायिक छवि बनाउँछ र आफ्नो वर्गमा सर्वोत्तम ब्रान्डका रुपमा स्थापित गर्न प्रयास गर्दछ।

‘जीडब्लुएम’ ले १९९८ देखि ‘एसयूभी’ र पिकअप ट्रक निर्यात गर्न सुरु गरेको थियो। चीन बाहेक यस कम्पनीले ६० भन्दा बढी देशहरुमा ५०० भन्दा धेरै वितरकहरुको अन्तर्राष्ट्रिय नेटवर्क मार्फत आफ्ना उत्पादनहरु वितरण गर्दछ। यस कम्पनीले विश्वव्यापी रुपमा एक नयाँ मानक स्थापित गर्न सफल रह्यो र नेपाली ग्राहकहरुको बीचमा एक आइकनिक ब्रान्ड बन्दै नेपालमा पनि यही परम्परालाई अगाडि बढाउने छ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : १९ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा