एनएमबि बैंकको ‘एनएमबि सापटी २.०’ सेवा शुरू | Khabarhub Khabarhub

एनएमबि बैंकको ‘एनएमबि सापटी २.०’ सेवा शुरू


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ ।

जस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

यो नेपालमै पहिलो पटक २४ औं घण्टा र सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता भएको बैंकले जनाएको छ । यस सेवा बैंकसम्म नधाईकनै मोबाइलको प्रयोगबाट आवेदन दिएको ५ मिनेट भित्र नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख सम्म २४ औं घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  १ : ४१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर