तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन « Khabarhub

तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड–१९ को तेस्रो लहरको पूर्वतयारीमा जुट्न सरोकारवालालाई निर्देशन दिएकी छन् ।

कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई बढी असर पुग्न सक्ने विज्ञको चेतावनीलाई ध्यानमा राख्दै बालबालिकाको उपचार गर्न अस्पतालमा छुट्टै वार्डको व्यवस्थापन गर्न निर्देशन दिएकी हुन् ।

कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले हामी तयारी अवस्थामै थिएनौ भन्ने छुट नहुने गरी बालबालिकाको उपचारको तयारीमा जुट्न निर्देशन दिइन ।

मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्लाभित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरी सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेस गर्न पनि निर्देशन दिएकी छन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : २२ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा