भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी–२० शृंखला « Khabarhub

भारतलाई हराउँदै श्रीलंकाले जित्यो टी–२० शृंखला


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतलाई हराउँदै श्रीलंकाले टी–२० शृंखला जितेको छ ।

शिखर धवनको नेतृत्वको टीम इन्डियाबाट टी–२० शृंखलाको निर्णायक खेलमा उत्कृष्ट प्रदर्शनको आशा गरिएको थियो, तर श्रीलंकाका वानिन्दु हसरंगाको उत्कृष्ट बलिङको सामु भारतीय ब्याट्सम्यान निरिह सावित भए ।

बिहीबार राति सम्पन्न शृंखलाको अन्तिम खेलमा भारत ७ विकेटले पराजित हुँदै खेल तथा शृंखला दुबै गुमाउन पुग्यो ।

टस जितेर पहिला ब्याटिङ गर्ने भारतका कप्तान शिखर धवनको निर्णय राम्रो रहेन, फलस्वरुप पहिलो ओभरको चौथो बलमै उनी स्वयं शून्य रनमा आउट भए ।

त्यसपछि विकेटको पतन प्रारम्भ भयो । भारतका ७ जना ब्याट्सम्यानले दोहोरो अंकसमेत पुरा गर्न सकेनन् । भारतले २० ओभरमा ८ विकेटमा ८१ रनमात्र बनाउन सक्यो ।

जवाफमा श्रीलंकाले संयमतापूर्वक खेल्दै इनिङको थालनी गर्‍यो । छैठौं ओभरको पाँचौं बलमा राहुल चाहरले अविष्का फर्नान्डोलाई १२ रनमा आउट गरेर भारतलाई पहिलो सफलता दिलाए । राहुल चाहरले भारतका लागि खेलमा १५ रन दिएर ३ विकेट लिए ।

तर, अर्को छेउबाट बलरहरुले विकेट लिन सकेनन् । श्रीलंकाले १४ दशमवल ३ ओभरमा ३ विकेटको क्षतीमा जितको लक्ष्य हासिल गर्यो ।

अगष्ट २००८ पछि भारतविरुद्ध सबै प्रारुपहरुमा श्रीलंकाका लागि २१ प्रयासहरुपछि यो पहिलो द्विपक्षीय शृंखलाको जित रह्यो ।

साथै, श्रीलंकाले आठ द्विपक्षीय टी–२० सीरीजमा पहिलो पटक भारतलाई हराएको हो ।

उत्कृष्ट प्रदर्शन गर्ने वानिन्दु हसरंगा सीरीज तथा खेलका सर्वश्रेष्ठ खेलाडी घोषित भए ।

आफ्नो २४ औं जन्मदिन मनाइरहेका बलर हसरंगाले बिहिबारको खेलमा चार ओभर बलिङ गर्दै ९ रन दिएर ४ विकेट लिए ।

भारतका तर्फबाट बलर कुलदीप यादवले सर्वाधिक २३ रनको योगदान दिए । टी–२०टी–२० इतिहासमा भारतको यो तेस्रो सबैभन्दा खराब इनिङ रह्यो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ७ : ५१ बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय