विभिन्न माग राख्दै शिक्षक महासंघद्वारा रिले अनसन « Khabarhub

विभिन्न माग राख्दै शिक्षक महासंघद्वारा रिले अनसन


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेपाल शिक्षक महासंघले शुक्रबारबाट रिले अनसन शुरु गरेको छन् ।

पटक पटक आफ्नो मागका विषयमा सरकारलाई जानकारी गराउँदा पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाडौँको माइतीघरमा रिले अनसन शुरु गरेका हुन् ।

आफू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच भएका सबै सहमति कार्यान्वयन नभएकाले दबाबमूलक आन्दोलन घोषणा गर्नुपरेको महासंघले जनाएको छ ।

संघीय शिक्षा ऐन जारी गराउने, न्यून तलबमा काम गरेका बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको समयोचित तलब वृद्धि गर्ने लगायत माग महासंघले राखेको छ ।

यस्तै शिक्षक, कर्मचारीलाई अविलम्ब कोभिड विरुद्धको खोप लगाउने तथा कोभिड संक्रमित शिक्षक कर्मचारीको लागि बिमा र निःशुल्क उपचारको व्यवस्था गर्ने तथा हाल संस्थागत विद्यालयमा भएका शिक्षक कर्मचारी निष्कासन गर्ने कार्यलाई रोक्ने लगायतका माग पनि शिक्षक महासंघले राखेको महासंघका सचिव जीपी चौलागाईले जानकारी दिए । उनले अब पनि आफूहरुको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

शुक्रबारदेखि नै महासंघले ७५३ पालिकामा रिले अनसन सुरु गरेको छ । शिक्षकको मागको सम्बोधन नभएमा सबै ठप्प पारेर राजधानी केन्द्रित भई निर्णायक आन्दोलन गर्ने महांसघले चेतावनी दिएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १० : ०१ बजे

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर