पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न सकिँदैन : महासचिव पोखरेल « Khabarhub

पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न सकिँदैन : महासचिव पोखरेल


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अब अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका हुन् ।

पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफूहरु रहेको र अधिकतम कोसिस गर्ने नाममा अनिश्चिताको स्थिति रहन नहुने उनले बताए ।

महासचिव पोखरेलले कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा नै आफूहरुको जोड रहेको धारणा राखे ।

त्यस्तै महासचिव पोखरेलले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिए ।

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो ।

उक्त सहमतिमा नेताहरुबीच नै मतभेद रहेपछि विवाद समाधान हुन सकेको छैन । यद्यपि नेताहरुले भने सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ४५ बजे

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी