झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार सोमबार राति १०:३० बजे इलाम, रोङ गाउँपालिका–०३ घर भई हाल झापा, बिर्तामोड नगरपालिका–०५ मा डेराकोठा गरी बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा भारतको किशनगञ्ज कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–०५, इलाम स्टेनस्थित अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय पसेका थिए ।
रायले मादक पदार्थ सेवन गरी पेट्रोलसमेत बोकेर मगरको कोठामा पसेर तन्ना च्याती उनको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेका थिए ।
घटनाबारे खबर पाउने बित्तिकै प्रहरी टोलीले रायलाई नियन्त्रणमा लिइएको हो । घटनामा घाइते भएकी मगरको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
रायमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया