कोरोना संक्रमित बढेपछि झापामा शनिबारदेखि फेरि निषेधाज्ञा | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि झापामा शनिबारदेखि फेरि निषेधाज्ञा


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि झापामा फेरि शनिबारदेखि निषेधाज्ञा लागू हुने भएको छ ।

कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै साउन १६ गते मध्यराति देखि २३ गते सम्म पुनः निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो ।

यो अवधिमा दूध, तरकारी, मासुजन्य वस्तुको कारोवार बिहान ६ बजे देखि ८ बजे सम्म खुला गरिने प्रशासनले जनाएको छ ।

कोरोनाको संक्रमण बढ्न थालेपछि झापाका १५ स्थानीय तहमध्ये १० वटामा यसअघि नै निषेधाज्ञा लागू गरिएको थियो । झापाको बुद्धशान्ति गाउँपालिकाबाट शुरु भएको निषेधाज्ञा लगाउने क्रम पश्चिमी भागको कमल गाउँपालिकासम्म लागू भएको छ । यस्तै मेचीनगर, हल्दिबारी, कन्काई, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र विर्तामोडमा पनि निषेधाज्ञा लागू गरिएको छ ।

संक्रमणको स्थानीय अवस्थाका आधारमा स्थानीय तहहरुले निषेधाज्ञा लगाएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाका अनुसार डीसीसीएमसीको समन्वयमा स्थानीय तहहरुले क्रमिक रुपमा निषेधाज्ञा लागू गरेका हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ०३ बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार