प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई « Khabarhub

प्रधामन्त्री देउवालाई कोरियाली राष्ट्रपतिको बधाई


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा गणतन्त्र कोरियाका राष्ट्रपति मुन जे इनले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति मुनले पठाएको बधाई सन्देश नेपालका लागि कोरियाका राजदूत पार्क चोङ सुकले आज हस्तान्तरण गरेका हुन् ।

बधाई सन्देशका निम्ति कोरियाली राष्ट्रपतिमा आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाल र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउन राष्ट्रपति मुनसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताएका छन् । कोरियाका राजदूतसँग द्विपक्षीय सम्बन्ध प्रवर्द्धन गर्ने बारेमा प्रधानमन्त्रीले विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आजै प्रधानमन्त्री देउवासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा उनीहरूबीच पारस्परिक हितका विषयसहित कोभिड–१९विरुद्धको सहयोग एवम् ऐक्यबद्धता, द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवर्द्धनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : १७ बजे

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी