जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त « Khabarhub

जसपाका तीन प्रदेशसभा सदस्य पदमुक्त


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी- लुम्बिनी प्रदेशसभाका तीन जना सदस्य पदमुक्त भएका छन् ।

जनता समाजवादी पार्टीका तर्फबाट प्रदेशसभा सदस्य बनेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको प्रदेशसभा सचिवलायका सचिव दुर्लभकुमार पुन मगरले आज सूचनामार्फत जानकारी गराएका हुन् ।

तीनै जना प्रदेशका मन्त्री हुन् । सन्तोषकुमार पाण्डेय भौतिक पूर्वाधार विकास, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी र कल्पना पाण्डेय उद्योग, वन तथा वातावरण मन्त्री रहेका छन् ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारकता दिएपछि शङ्कर पोखरेलको नेतृत्वको सरकारमा सहभागी भएको भन्दै जसपाको केन्द्रीय समितिले यी तीन सांसदलाई स्पष्टिकरण सोधी कारवाही गरेको थियो ।

त्यसका आधारमा जसपा संसदीय दलले बिहीबार प्रदेशसभामा उनीहरुलाई निष्कासन गरेको पत्र दर्ता गरेको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ८ : ५९ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा