माधव नेपालले धोका दिएको प्रदीप नेपालको भनाइ, समाजवादीमा नरहेन संकेत « Khabarhub

माधव नेपालले धोका दिएको प्रदीप नेपालको भनाइ, समाजवादीमा नरहेन संकेत


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन हुँदा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको नेता प्रदीप नेपालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले माधवबाट आफूलाई धोका भएको भन्दै एकीकृत समाजवादीबाट बिदा लिनुपर्ने भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै धोका उपहार लिएर जानुपर्ने भो भनेका छन् । उनले आफू ओलीसँग पनि जान नसक्ने बताएका छन् । तर जबज नभए आफ्नो नाम नलेख्न भने पनि माधवकुमार नेपालले झेली कुरा गरेको बताएका छन् ।

उनले भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो । विदा ।’

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ३ : २५ बजे

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र

ब्राउन सुगरसहित दुई जना पक्राउ

झापा– झापाको बिर्तामोड नगरपालिका–२ त्रिशूल चोकबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन

मनै लोभ्याउने रसुवाको भाङ्गे झरना (तस्बिरहरू)

रसुवा– सडकको एकछेउ त्रिशुली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ