वासिङ्टन– यो अक्टुबर १९६२ को कुरा हो, संसार परमाणु युद्धको अवस्थमा पुगेको थियो । १४ अक्टुबरमा एक अमेरिकी जासुसले क्यूबामा सोभियत संघ (रुस)ले परमाणु हतियार तैनाथ गरिएको पत्ता लगाए ।
जुन स्थानमा ती परमाणु मिसाइल तैनाथ गरिएको थियो, त्यो अमेरिकाको फ्लोरिडा तटबाट मात्र १५० किलोमिटरको दूरीमा थियो ।
अमेरिकाको आँखा अगाडि सोभियत संघले परमाणु मिसाइलको गोदाम जम्मा पारेको थियो र यहाँबाट अमेरिकाको ठूलो भागमा आक्रमण गर्न सकिन्थ्यो । इतिहासमा यस घटनालाई शित युद्धको सबैभन्दा नाजुक समयका रुपमा ‘क्यूबा मिसाइल संकट’का नामले स्मरण गरिन्छ ।
यस्तो तनावपूर्ण अवस्गथामा अमेरिकी प्रतिक्रिया एक एजेन्टको गोप्य रिपोर्टमा आधारित थियो । तर ती जासुसबारे दशकौंसम्म कसैलाई जानकारी थिएन । तर यो विनाशकारी परिस्थिति टाल्नमा उनको महत्वपूर्ण भूमिका थियो । उनको नाम जुआनिटा मूडी थियो । उनी एक क्रिप्टोग्राफर थिइन् । उनी अमेरिकी नेशनल सेक्युरिटी एजेन्सी (एनएसए)मा क्यूबामाथि निगरानीको काम गर्थिन् ।
शीत युद्धको इतिहास
उनले तयार गरेका रिपोर्टहरु हालसम्म पनि गोपनीय छन् । तर हालै लेखक तथा पत्रकार डेभिड वालम्यानले गरेको खोजीमा १९६२ को घटनामा जुआनिटा मूडीको महत्वपूर्ण भूमिकाबारे जानकारी सार्वजनिक भएको छ ।
स्थिसोनियन म्यागजिनका लागि लेखिएको लेखमा डेभिड वालम्यानले भनेका छन्, ‘शित युद्धको इतिहासमा जुआनिटा मूडीको भूमिकालाई नजरअन्दाज गर्नु ऐतिहासिक भुल हो ।’
बीबीसी मुंडोसँग कुरा गर्दै डेभिड वालम्यानले जुआनिटाको महत्वपूर्ण योगदानलाई खारेज गर्न नसकिने बताएका छन् । उनले प्रतिकुल परिस्थितिमा आफ्नो लागि बाटो बनाएके भन्दै आफूलाई प्रमाणित गरेको बताए । सैन्य दुनियामा उनी सबैलाई प्रेरित गर्ने एक महिला भएको डेभिड वालम्यानले बताए ।
यस्तोमा जुआनिटाले क्यूबा मिसाइल संकटमा के भूमिका निभाइन भन्ने प्रश्न उठ्छ ।
१९६२ मा जुआनिटाको उमेर २८ वर्षको थियो । उनी नर्थ क्यारोलिनाको एक सानो सहरमा जन्मेकी थिइन् । दोस्रो विश्व युद्धका समयमा उनले कलेज पढिन् र उनले नेभीमा जाने बिचार गरिन् ।
जुआनिटालाई भर्जीनियाको एर्लिंगटन हलमा पठाइयो । जहाँ एनएसएको सिग्नल इन्टेलिजेन्स सर्भिस यूनिटमा थिइन् । उनले त्यहाँ इन्क्रिप्टेड सन्देशलाई विश्लेषण गर्ने तालिम प्राप्त गरिन् । उनलाई नाजिहरुको सञ्चार तन्त्रलाई निगरानी गर्ने समूहमा तैनाथ गरियो ।
डेभिड वालम्यानले भने, उनले नयाँ टेक्नोलाजीको प्रयोग गरेर इन्टेलिजेन्समा काम गर्ने सहज बनाइन् । १९५२ मा एनएसएको गठनको गर्दा उनी ठूलो ओहोदामा थिइन् । उनले त्यहाँ ठूलो संख्यामा प्राप्त तथ्यांक्लाई छिटोभन्दा छिटो विश्लेषण गर्ने र निर्णय गर्ने अधिकारी समक्ष पुर्याउने गर्थिन् ।
डेभिड वालम्यानले लेखेका छन्, ‘डेटा विश्लेषणमा जुआनिटा ठूलो आँकडाको प्रयोगमा निपूर्ण भएकी थिइन् ।’
क्यूबा मिसाइल संकट
१९६१ मा सीआईएको तालिम लिएका केही ब्यूबाली मानिसहरुले फिडेल क्यास्ट्रोको सरकार ढाल्ने असफल प्रयास गरेपछि क्यूबाले सोभियत संघका नेता निकिता खु्रश्चेवको सहयोग स्वीकार गरेको थियो ।
क्यूबा र सोभियत संघको यस गठबन्धनले यस द्विपीय देशलाई शित युद्धको एक हट स्पटमा परिवर्तन गरिदियो । त्यसपछि अमेरिकीहरुको ध्यान क्यूबामा गयो । र जुआनिटालाई इन्टेलिजेन्स जम्मा गर्न बनाइएको टिमको प्रमुख बनाइयो ।
उनको टिमले रेडियो सन्देश, रडार डेटा, इलेक्ट्रोनिक क्यमुनिकेशन्स, हतियारलाई बुझ्ने, जहाजहरुको गतिविधमाथि निगरानी राख्ने जिम्मेवारी लिएको थियो ।
यसपछि एनएसएले फ्लोरिडामा इन्टेलिजेन्स सेन्टर बनायो र क्यूबाको आकाशमा जासुसी विमान तैनाथ गरिदियो । यस अभियान अनुसार नेभीका जहाज अत्याधुनिक सर्भिलान्स सिस्टम्सका साथ तैनाथ गरिए ।
यसपछि जुआनिटाको टिमले क्यूबाले आफ्नो सञ्चार तन्त्रको सुरक्षा व्यवस्थामा सुधार गरिरहेको पत्ता लगाए । उनीहरुले सोभियत संघको जलसेना अड्डा र क्यूबाबीच सामुद्रिक गतिविधि बढेको पनि पत्ता लगाए ।
जुआनिटा मूडीको रिपोर्ट
यस्ता विमानहरु क्यूबा पुगिरहेका थिए जसबारे धेरै जानकारी थिएन । ती विमानमा राखिएको सामनको तौल बन्दरगाहमा बनाइएको सामानको तौलसँग मेल खाइरहेको थिएन । र ती विमानबाट सामान रातिमा गोप्य रुपमा उतारिएको जानकारी पाइयो ।
उनको टिमले ट्यांक, रडार र हतियारका माध्यमबाट एयरक्राफ्टमा आक्रमणको चर्चा भएको सुने । र सोभियत संघका मानिसहरु क्यूबा पुगेका थिए । र क्यूबामा अवस्था तनावपूर्ण बनेको थियो ।
जुआनिटालाई उनले जुटाएका जानकारीहरुलाई एक प्रतिवेदनका रुपमा पेश गर्न आदेश दिइयो । असिस्टेन्ट डिफेन्स सेक्रेटरी एडवर्ड ल्यान्सडेलले भने, ‘तपाइसँग क्यूबाबारे जे जति जानकारी छ हामी जान्न चाहन्छौं । यदि कुनै आशंका छ भने त्यो पनि सबै जान्न चाहन्छौं । क्यूबाबारे तपाइँको मनमा के सोचाइ छ त्यो पनि जान्न चाहन्छौं ।’
जुआनिटाले हरेक कुरालाई डक्यूमेन्ट गरिन् र कुने आशंकाको आवश्यकता नभएको बताइन् ।
फेब्रुअरी १९६२ मा उनले एनएसएका डेपुटी डाइरेक्टर लुइस टोरडेलालाई आफ्नो प्रतिवेदन व्हाइट हाउस, विदेश मन्त्रालय र सेनालाई पठाउन मनाउने प्रयास गरिन् । लुइसले यो प्रतिवेदन अन्य एजेन्सीसँग शेयर गर्न अस्वीकार गरे ।
तर उनले यो रिपोर्ट राष्ट्रपति जोन एफ केनेडीलाई देखाए । अन्त्यमा जुआनिटाले यो रिपोर्ट सीआईएलगायत अन्य एजेन्सीसँग शेयर गर्न लुइसलाई मनाइन् ।
१९६२ को बसन्त आउँदा क्यूबाले हवाइ आक्रमणविरुद्ध डिफेन्स सिस्टम स्थापना गरेको स्पष्ट भयो । र रुसी मिग विमानहरुको चहलपहल बढ्यो । जहाँ अमेरिकी विमान थिए त्यहाँ रुसी विमानको उडान सुरु भइसकेको थियो ।
अगस्टमा जुआनिटाको रिपोर्टकै आधारमा सीआईएले राष्ट्रपति केनेडीलाई हजारौं सोभियत सैनिक र ठूलो संख्यामा बन्दोबस्तीको सामान क्यूबा पुगेको जानकारी दियो ।
त्यो बेलासम्म अमेरिकाले क्यूबामाथि आफ्ना विमानको उडान बन्द गरिदियो । १४ अक्टुबरमा एक अमेरिकी विमानले क्यूबाको ९२८ एरियल तस्वीर खिच्यो जसबाट क्यूबामा सोभियत संघले परमाणु मिसाइल तैनाथ गरेको पुष्टि भयो ।
यस जानकारीका आधारमा केनेडीले क्यूबामाथि जलसेना नाकाबन्दी गरे । यस नाकाबन्दीको उद्देश्य थप मिसाइल क्यूबा पुग्नबाट रोक्नु थियो र सोभियत संघसँग वार्ताका लागि समय निकाल्नु थियो ।
जब क्यूबामा सोभियत मिसाइलको तैनाथीबारे जानकारी सार्वजनिक भयो जुआनिटाको मूडीको अर्को मिसन क्यूबामा सोभियत संघको गुप्तचर गतिविधिसँग सम्बन्धित जानकारी छिटो पत्ता लगाउनु थियो ।
जुआनिटालाई पानीमा काम गर्न सक्षम माइक्रोफोन, जासुसी विमान, सुन्ने उपकरण उपलब्ध गराइयो ।
क्यूबामाथि नाकाबन्दीको दुई दिनपछि २४ अगस्टमा जुआनिटाको टिमले क्यूबातर्फ आइरहेको सोभियत जहाजको समूहले आफ्नो बाटो परिवर्तन गरेर सोभियत संघतर्फ फर्किएको देखे ।
यस घटनालाई सोभियत संघ अमेरिकासँग टकराव नचाहेको संकेतका रुपमा हेरियो । जुआनिटाले यो घटनाक्रमको जानकारी सँयुक्त राष्ट्र संघमा अमेरिकाका राजदूत एडलाइन् स्टीवेन्सलाई छिटोभन्दा छिटो दिनुपर्ने महसुस गरिन् । उनी त्यसबेला राष्ट्र संघको सुरक्षा परिषद्लाई सम्बोधित गर्ने तयारीमा थिए ।
विदेश मन्त्रालयका अधिकारीहरुले जुआनिटाको आग्रहलाई वेवास्ता गरे । तर उनले न्यूयोर्कस्थित होटलमा रातिमा एडलाइ स्टीवेन्सनलाई फोन गरिन् । उनले आफूलाई राजनीतिको परवाह नभएको बताएकी छिन् ।
शान्तिपूर्ण समाधान
डेभिड वालम्यान भन्छन्, जुआनिटा मूडीले जो गोप्य जानकारी जुटाएकी थिइन्, त्यसलाई क्यूबा मिसाएल संकटबाट बाहिर निस्कने सुरुआती संकेतका रुपमा हेरिन्छ । यस संकटको शान्तिपूर्ण समाधान निकाल्न सकिन्छ भन्ने अनुमान गरियो ।’
२८ अक्टुबरमा राष्ट्रपति केनेडीले सोभियत संघलाई दुईवटा सन्देश पठाए । निकिता खु्रच्वेभ क्यूबाबाट आफ्नो मिसाइल फिर्ता लिन तयार भए । तर उनले आफ्ना दुई सर्त राखे । एक क्यूबामा अमेरिकाले आक्रमण नगर्ने र अर्को टर्कीबाट मिसाइल हटाउने ।
जुआनिटाको भूमिकालाई अमेरिकी इन्टेलिजेन्स विभाजका उच्च अधिकारीहरुले निकै प्रशंसा गरे ।
डेभिड भन्छन्, ‘यदि जुआनिटा मूडीले आफ्नो काममा पोख्त हुन्थिनन् भने, यदि उनले आफ्नो रिपोर्ट अन्य एजेन्सीसँग शेयर गर्न जोड गर्दैनथिइन् भने के हुन्थ्यो – के कोही अनुमान गर्न सक्छ ? उनी दृढ थिइन् । उनले जुन तिब्रताका साथ सूचना उपल्बध गराइन् त्यसले क्यूबा संकटको शान्तिपूर्ण समाधान निकाल्न सहयोग गर्यो ।’ (बीबीसी)
प्रतिक्रिया