प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी « Khabarhub

प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने प्रचण्डको दावी


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश १ र वाग्मती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गरेका छन् ।

सोमबार काठमाडौँमा सर्लाही जिल्ला समन्वय समिति र सर्लाही काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि १ नम्बर र वाग्मती प्रदेशमा पनि ढल्ने दाबी गरेका हुन ।

संसदमा केपी ओलीलाई आगोसँग खेल्ने प्रयास नगर्न आफूले भनेको पनि उनले स्मरण गरे ।

प्रचण्डले सबैको प्रयासले निरंकुश र प्रतिगामी तत्वहरु पछारिएको तर उनीहरूले अझै पनि षडयन्त्रको प्रयास नछाडेको बताए ।

ओली नेतृत्वको सरकारका बेला संघीयता लगायतका उपलब्धीहरुरु जोखिममा जाने खतरा भएको भन्दै उनले अरु कसैलाई मत दिँदा कस्तो परिणाम हुन्छ भन्ने महशुस जनताले गरेको जिकिर गरे ।

प्रचण्डले मंगलबार नै गठबन्धनको बैठक बसेर सरकारलाई पूर्णता दिन मन्त्रीमण्डल बाँडफाडका विषयमा टुङ्गो लाग्ने बताए ।

प्रचण्डले मधेशका क्षेत्रमा जनताले भोगेका समस्याहरुलाई समाधान गर्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रममा सर्लाहीका विभिन्न दलका कार्यकर्ताहरु माओवादी प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ५ : ३० बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क