पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर फाइनल पुगेका भरतमणिको अबको प्रस्तुति कस्तो रहला ? « Khabarhub

पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर फाइनल पुगेका भरतमणिको अबको प्रस्तुति कस्तो रहला ?


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेसँगै ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी भरतमणि पौडेलको चर्चा थप चुलिएको छ ।

ताप्लेजुङका पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन अन्तगर्त  पछिल्लो एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेपछि ‘पफर्मर अफ द राउन्ड’ बन्दै उनको फाइनलको यात्रा तय भएको छ ।

अब सबै दर्शकका लागि उनको प्रस्तुति कस्तो होला ? भन्ने कौतुहलता पैदा भएको छ । वास्तवमा उनी अहिले आफ्नो फाइनलको प्रस्तुति भन्दा पनि भोट माग्नमा व्यस्त छन् ।

कमेडी च्याम्पियनकै सर्वाधिक ‘पफर्मर अफ द राउन्ड’ बनेका उनलाई यस अघिका एपिसोडमा धेरै भोट चाहिएको थिएन । तर अब उनी मैदानमै उत्रेर भोट अपिल गरिरहेका छन् ।

उनी यस सिजनको अन्तिम चारमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछाडि पारेर ‘पफर्मर अफ द राउन्ड’ बन्दै फाइनल प्रवेश गरेका हुन् ।

‘कमेडी च्याम्पियन’ मा अन्तिम तीन प्रतिस्पर्धीहरूको टुङ्गो लागेपछि दर्शकको मतको आधारमा विजेता घोषणा गर्ने गरिएको छ। अहिले शोमा चार जना प्रतिस्पर्धी रहेकाले आगामी शृङ्खलाबाट एकजना भोटको आधारमा बाहिरिने छन्।

भरतमणि ‘पफर्मर अफ द राउन्ड’ बनेका कारण उनले अन्तिम तीनको यात्रा पक्का भएको छ भने बाँकी रहेका ‘कमेडीयन’ हरू बिकी, सन्तोष र हिकमतमध्ये एकजना बाहिरिने छन्।

पारस शाहजस्तै स्वरूपमा स्टेजमा उत्रिएर उनले शाहकै लबज र हाउभाउमा आफ्नो कला प्रस्तुत गरेपछि उनी थप चर्चामा आएका छन् ।यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर उनले दर्शकको मन जित्न सफल भएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : १७ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ