च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको जित, रोनाल्डोले बनाए कीर्तिमान « Khabarhub

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको जित, रोनाल्डोले बनाए कीर्तिमान


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकालेको छ ।

युनाइटेडले बुधबार च्याम्पियन्स लिगको समूह चरणमा जित हासिल गरेको हो ।

भिल्लारियलविरुद्धको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले २–१ को पुनरागमन जित निकालेको हो ।

युनाइटेडको जितमा एलेक्स टेलेस र क्रिष्टियानो रोनाल्डोले गोल गरे । भिल्लारियलका लागि पाको अल्कासरले गोल गरे ।

रोनाल्डोको कीर्तिमान

फरवार्ड क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएका छन् ।

पोर्चुगिज फरवार्ड रोनाल्डोले सर्वाधिक धेरै च्याम्पियन्स लिग खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

भिल्लाविरुद्धको खेल रोनाल्डोका लागि १ सय ७८औँ च्याम्पियन्स लिग खेल हो । रोनाल्डोले इकर क्यासिलासको कीर्तिमान तोडेका हुन् ।

रियल मड्रिडका पूर्वगोलकिपर इकरले १ सय ७७औँ च्याम्पियन्स लिग खेलेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : ०१ बजे

प्लेअफ पुग्दा उत्साहित छौँः कप्तान पौडेल

काठमाडौं – राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित

सर्वदलीय बैठकमा गृहमन्त्रीले किन मागे माफी ?

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज सरकारी निवास बालुवाटारमा सर्वदलीय छलफल

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की – पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस

रौतहटमा सवारी दुर्घटना: बुबाको मृत्यु, छोराछोरी घाइते

रौतहट- सवारी दुर्घटनामा परी रौतहटमा बुबाको मृत्यु भएको छ भने