अशक्त नागरिकले पाए घरमै नागरिकता « Khabarhub

अशक्त नागरिकले पाए घरमै नागरिकता


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- साकेला गाउँपालिकाले शारीरिकरुपमा अशक्त भएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरैमा लगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ । शारीरिक अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकलाई गाउँपालिकाले उनीहरुको घरैमा लगेर नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।

गाउँपालिकाले वडा नं २ रतन्छाका ९६ वर्षीय नन्दलाल फुयाँल, वडा नं ४ मात्तिमका २० वर्षीय खगिन दर्जी, वडा नं ३ खिदिमा बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र २५ वर्षीया रामकुमारी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको जनाइएको छ ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा अनुसूची तयार गरेर पठाएपछि प्रशासनका प्रतिनिधि दिनेश आचार्यको रोहबरमा गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले नागरिकताको प्रमाणपत्र वितरण गरेको गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।

गाउँपालिकाभित्र रहेका अन्य ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको पहिचान गरेर उनीहरुलाई पनि क्रमशः घरैमा लगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिले पाउने नेपाली नागरिकताको प्रमाणपत्र बनाउन आवश्यक कागजात गाउँपालिकामै तयार पारेर आफ्ना प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालय दिक्तेल पठाएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा सम्पूर्ण प्रक्रिया पूरा गरेर नेपाली नागरिकताको प्रमाणपत्र तयार भएपछि प्रशासनकै प्रतिनिधि गाउँमै पठाएर अनुसूचीमा सनाखत गराउँदै नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

नेपाली नागरिताको प्रमाणपत्र पाएसँगै उनीहरुले बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता पाउने बाटो खुलेको छ । गाउँपालिकाले बैंकमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरेपछि नागरिकताको प्रमाणपत्र विहीन अशक्त र अपाङ्गता भएका लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रोकिएको थियो । नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएसँगै ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको सामाजिक सुरक्षाभत्ता लिने बाटो खुलेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक राईले बताए । जिल्लाको सबैभन्दा सानो पाँच वडामात्र रहेको उक्त गाउँपालिकामा गत वर्षदेखि बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण सुरु गरिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ७ : ४० बजे

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला

विदेशबाट पनि प्रधानमन्त्री राहतकोषमा सिधै जम्मा गर्न सकिने

काठमाडौं – विदेशमा रहेका नेपाली तथा अन्य इच्छुक व्यक्तिले अब प्रधानमन्त्री

भोटेकोशी बाढी : महोत्तरीका १० जना सम्पर्कविहीन

महोत्तरी– भोटेकोशीको बाढीसँगै महोत्तरीका १० जना सम्पर्कविहीन भएका छन् ।

पत्रकार टेकराज थामी सम्पर्कविहीन

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण पत्रकार टेकराज