तातोपानी कुण्डमा भीड, आलोपालो गरेर नुहाउने व्यवस्था | Khabarhub Khabarhub

तातोपानी कुण्डमा भीड, आलोपालो गरेर नुहाउने व्यवस्था


१४ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका-४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि नुहाउन आउने बिरामीको भीड लागेको हो ।

नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर तातोपानी कुण्ड खुला गर्न अनुमति दिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले असोज पहिलो सातादेखि सर्वसाधारणका लागि खुला गरेको हो ।

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाएर कुण्ड खुला गरिएको र आगामी दिनमा अझै व्यवस्थित बनाउँदै लैजाने पहल सुरु भएको कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले जानकारी दिए । समितिका सचिव केसीका अनुसार कुण्ड खुलेसँगै दैनिक डेढसयदेखि दुईसयको हाराहारीमा बिरामी कुण्डमा नुहाएर रोग निको गराउन आउने गरेका छन् । कोभिडविरुद्धको खोप लगाएको कार्ड वा नेगेटिभ रिपोर्टको प्रमाण देखाएर मात्र कुण्डमा प्रवेश दिइने गरिएको छ ।

केही दिनयता बिरामीको चाप बढ्दै गएपछि कुण्डमा प्रवेश गर्दा अनिवार्यरुपमा माक्स लगाउनुपर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने र भीडभाड गर्न नहुने नियमलाई कडाइका साथ कार्यान्वयन गरिएको केसीको भनाइ छ । अहिले कुण्डमा आउने बिरामीलाई आलोपालो गरेर नुहाउने व्यवस्था मिलाइएको उनले बताए ।

अहिले विशेष गरी म्याग्दी र छिमेकी जिल्लाका बिरामी उपचारका लागि आएका छन् । टाढाटाढाका बिरामी नआएका भए पनि सङ्क्रमण दर कम हुँदै गएकाले र वातावरण सहज बन्दै गएकाले बिरामी बढ्ने आकलनका साथ समितिले व्यवस्थापन तथा स्वास्थ्य सावधानीका उपायबारेमा सतर्कता अपनाएको व्यवस्थापन समितिले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ बगेको म्याग्दी नदीको किनारमा अवस्थित तातोपानी कुण्डमा प्राकृतिकरुपमा नै जमिनभित्रबाट ५० डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दछ । विरेनुनको गन्धमिश्रित तातोपानीमा अनौठो किसिमको नुनिलोपना पाइन्छ । त्यस्तो पानी पिउँदै तातोपानी कुण्डमा बिहान तीन घण्टा र बेलुकी तीन घण्टाका दरमा सातदेखि दश दिनसम्म नुहाएमा बाथरोग, ढाड दुख्ने, ग्यास्ट्रिक, चर्मलगायत रोग निको हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार  ८ : ३२ बजे

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने